आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न,आइपीओ जारी गर्ने प्रस्ताव पारित

आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा बुधबार सम्पन्न भएको छ।  सभा अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको हो । सभाले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्व रुपैयाँ पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको सेयर निश्कासन गर्ने प्रस्ताव पनि पारित भएको छ ।


यस्तै सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु समेत पारित गरेको छ । पूँजी वृद्धिको लागि कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सभा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा आयोजना गरिएको थियो ।  
 

Comments

Back to top