नेप्से बढेसँगै अबको अनुमानित बजार दिशा कता होला ?

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

आजको प्राविधिक विश्लेषण यस प्रकार छ:

क्यान्डलस्टिक प्याटर्न :

 

नेप्सेले बुलिस स्पिनिंग टप क्यान्डल बनाउँदै १८६६.५२ बिन्दुमा बन्द भएको छ l अझै पनि बजारमा स्पष्ट दिशा आँकलन गर्न नसकिने हुँदा नयाँ खरिदका निमित्त केही समय कुर्न सकिने छ l 

सपोर्ट र रेसिस्टेन्स : 

 

 

१८०० बिन्दु आसपासबाट बढेको बजारले पहिलो रेसिस्टेन्स १९०० आसपासमा लिएको देख्न सकिन्छ l अत: खस्दो बजारको पहिलो सपोर्ट १८०० बिन्दु  नजिक देखिन्छ भने दोस्रो सपोर्ट १७५० आसपासमा देखिएको छ l 

बोलिंजर ब्याण्ड :

मिडल ब्याण्डलाई रेसिस्टेन्स लिएर फर्किएको बजारले  लोवर ब्याण्डको आसपास १७५० तिर सपोर्ट लिन सक्ने कुरा बोलिंजर ब्याण्डबाट देखिन्छ l तसर्थ, आज बढेको बजारको नजिकैको रेसिस्टेन्स १८८० आसपास रहेको अनुमान लगाउन  सकिन्छ  l 

आर.एस.आई

  

 

आर.एस.आईले डबल टप लगाएर खसेको छ जसले पुन: डबल बटमलाई टेस्ट गर्नका निमित्त ३० बिन्दु आसपास आउन सक्ने आँकलन गर्न सकिन्छ l 

 

एम.ए .सी.डी 

 

यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा बुलिस क्रस ओभर देखिएको छ जुन आफैमा सकारात्मक कुरा हो l त्यसैगरी, हिस्टोग्राम पनि पुन: बढ्न थालेकोले केही राम्रो संकेत भने गरेको देख्न सकिन्छ l 

 

डी.एम .आई

 

 

डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पुन: दुबै लाईन टाढीएको देख्न सकिन्छ जुन आफैमा नकारात्मक संकेत हो l तथापि , ए.डी.एक्स लाईन भने केही तल आएकोले मोमेन्टमको साथमा बिक्री चाप आउने सम्भावाना कमै  देखिन्छ l 


 

इलेट वेभ सिद्धान्त अनुसार बजारमा झिनो अंक सहित केही बढेर पुन: खस्दछ भने चाहिँ फाइनल बटम १६०० आसपासमा लगाउन सक्ने अनुमान लगाउन सकिन्छ l तथापि, अझ निर्क्योलका साथमा अब को केही दिनको कारोबारलाई हेरेर अनुमानिंत बटम आँकलन गर्न सकिने हुँदा प्यानिक हुनु पर्ने अवस्था भने नरहेको कुरा स्पष्ट देखिन्छ l 

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l

Comments

Back to top