नेप्सेमा करिब साढे ११ अङ्कको वृद्धि, १४० कम्पनी लागे उकालो !

आज बुधबार ११.३६ अङ्कले बढेर ०.६१% वृद्धिको साथ नेप्से परिसूचक १८६६.५२ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये १४०  कम्पनी उकालो लागेका छन्, ३९ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा एभरेस्ट बैंक लिमिटेड डिबेन्चर ०८६ रहेको छ, जसको सेयर मूल्य ९.८३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार अपि पावरको भएको छ ।

Comments

Back to top