नेप्से इन्ट्राडे अपडेट: लगभग १ अङ्कको गिरावट!
आज नेप्से बजार झिनो अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। ०.४९ अङ्कले घटेर नेप्से परिसूचक १८५४.६७ मा आएको हो । आज २ घण्टामा लगभग १७ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा प्रोग्रेसिव फाइनान्स रहेको छ जसको २.६७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सानिमा लार्ज क्याप फन्ड रहेको छ जसले ५.४१% गुमाएको छ ।
Comments