सानिमा क्यापिटलको एजीएम आज
सानिमा क्यापिटल लिमिटेडको वार्षिक साधारण सभा आज असोज २६ गते बस्दैछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
Comments