आईएमइ लाइफ इन्स्योरेन्सको साघारण सभा आज, हकप्रद प्रस्ताव पारित हुने

आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बुधबार (असोज २६ गते) बस्दैछ । सभामा कम्पनीले संस्थापक सेयरधनीलाई १०० प्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा लैनचौर ब्यान्क्वेट लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

Comments

Back to top