रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने भएको छ । जसका लागि कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्दैछ ।
अर्थात, नेप्सेमा आज बुधबार (असोज २६ गते) सम्म सेयर कारोबार भई कायम रहेको सेयरधनीले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न तथा लाभांशमा दाबी गर्न पाउनेछ । कम्पनीले २०७९ कार्तिक ४ गते साधारणसभा बोलाएको छ। सभा बानेश्वर व्याङकेट, थापागाउँ, नयाँ बानेश्वरमा अपरान्ह १ बजे सुरु हुनेछ ।
Comments