गुराँस लाइफको सेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ७.४४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४५१.४० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
सोही मूल्यलाई आधार मानेर आजको सेयर कारोबार खुल्ला हुनेछ । मंगलबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरिएको हो । कम्पनीले सेयरधनीहरुका लागि ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साधारण सभामा लैजाँदैछ ।
Comments