खस्दो बजार फर्कन सक्ने सपोर्ट कहाँ - कहाँ ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्सेले हिजोको कारोबार सकिय सँगै डार्क क्लाउड कभर प्याटर्न बनाएको थियो , जसको अर्थ बजारमा सेलिंग प्रेसर थप आउन सक्ने संकेत गर्दथ्यो l यसर्थ, यो प्याटर्नले दिने सेन्टिमेन्ट अक्सर नकारात्मक हुने भनिएको कुरालाई अन्ततः बजारले प्रमाणित गरिदिएको छ l
सपोर्ट र रेसिस्टेन्स :
१८०० बिन्दु आसपासबाट बढेको बजारले पहिलो रेसिस्टेन्स १९०० आसपासमा लिएको देख्न सकिन्छ l अत: खस्दो बजारको पहिलो सपोर्ट १८०० बिन्दु नजिक देखिन्छ भने दोस्रो सपोर्ट १७५० आसपासमा देखिएको छ l
बोलिंजर ब्याण्ड :
मिडल ब्याण्डलाई रेसिस्टेन्स लिएर फर्किएको बजारले लोवर ब्याण्डको आसपास १७५० तिर सपोर्ट लिन सक्ने कुरा बोलिंजर ब्याण्डबाट देखिन्छ l तसर्थ, भोली पनि पुन: वियारिस क्यान्डल बन्दछ भने थ्री ब्ल्याक क्रो प्याटर्न बनाउने छ , जसले पुन: तीव्र गतिको खसाईको संकेत गर्ने गर्दछ l
आर.एस.आई
आर.एस.आईले डबल टप लगाएर खसेको छ जसले पुन: डबल बटमलाई टेस्ट गर्नका निमित्त ३० बिन्दु आसपास आउन सक्ने आँकलन गर्न सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा बुलिस क्रस ओभर देखिएको छ जुन आफैमा सकारात्मक कुरा हो l त्यसैगरी, हिस्टोग्राम पनि पुन: बढ्न थालेकोले केही राम्रो संकेत भने गरेको देख्न सकिन्छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी पुन: दुबै लाईन टाढीएको देख्न सकिन्छ जुन आफैमा नकारात्मक संकेत हो l तथापि , ए.डी.एक्स लाईन भने केही तल आएकोले मोमेन्टमको साथमा बिक्री चाप आउने सम्भावाना कमै देखिन्छ l
इलेट वेभ सिद्धान्त अनुसार बजारले १७५० आसपासमा बलियो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l सबै इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी केही सकारात्मक देखिदै गएकोले अब खस्ने बजारले नयाँ बटम बनाउन नसकेमा नयाँ खरिदको निमित्त पनि सोच्न सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l
Comments