नेप्सेमा करिब १६ अङ्कको गिरावट, ३ सब-इन्डेक्स मात्र लागे उकालो !

आज मंगलबार १६.०६ अङ्कले घटेर ०.८६% गिरावटको साथ नेप्से परिसूचक १८५५.१६ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये ३३  कम्पनी उकालो लागेको छन्, १४२ कम्पनी ओरालो लागेका छन् भने ९  कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान र समिट लघुवित्त रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा बिन्ध्याबासिनी हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य ७.१८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर नबिल बैंकको र भोलुममा कारोबार सिद्धार्थ इन्स्योरेन्स ग्रोथ स्किम २ को भएको छ ।

Comments

Back to top