ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

ज्योति विकास बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको बैंकको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । सूचनमा उल्लेख भए अनुसार बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौं खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तीलाई सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाइने सूचनामा उल्लेख छ । 

Comments

Back to top