सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड  निष्कासन गर्दै

सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि 'सानिमा ग्रोथ फण्ड'  नामक म्युचुअल फण्ड बिक्री खुला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले लगानी गर्नेछ । त्यस्तै, २% अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्टाएको छ भने १ करोड ८० हजार इकाई बीज पुँजी छ ।

बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला हुनेछ । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा कात्तिक ३० गतेसम्म खुला रहनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
 

Comments

Back to top