गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि  २६ असोजमा बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज असोज २५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

इन्स्युरेन्सले कात्तिक ४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन, तिनकुने काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले समितिबाट पेस भएको युनियन लाइफ र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

 

Comments

Back to top