इलेट वेभ अनुसार बजारको अनुमानित बटम कहाँ होला ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
नेप्सेले आजको कारोबार सकिय सँगै डार्क क्लाउड कभर प्याटर्न बनाएको छ जसको अर्थ बजारमा सेलिंग प्रेसर थप आउन सक्ने संकेत गर्दछ l यसर्थ, यो प्याटर्नले दिने सेन्टिमेन्ट अक्सर नकारात्मक हुने गर्दछ l
सपोर्ट र रेसिस्टेन्स :
घट्दो बजारको पहिलो सपोर्ट १८०० बिन्दु आसपासलाई सपोर्ट मानेर बजार फर्किएको छ l अर्को तर्फ यो बिन्दु आसपास केही दिन बजार अडिएर पुन: खस्दछ भने चाहिँ दोस्रो सपोर्ट १७१५ आसपास रहेको आँकलन गर्न सकिन्छ l
बोलिंजर ब्याण्ड :
लोवर ब्याण्डलाई निरन्तर वियरिस क्यान्डलले छुनुको साथै अपर र लोवर ब्याण्डको दुरी बढेसँगै रिस्क बढेर गएको छ l त्यसकारण, सुरक्षित खरिदको निमित्त अब खस्ने क्यान्डलले नयाँ बटम बनाउन नसकेमा लिन सकिने छ l
आर.एस.आई
आर.एस.आई २६ बिन्दु आसपास आएको हुँदा ओभर सोल्ड जोनमा आइसकेको थियो l तथापि, आज भने केही अंक बढेको छ तर फेरी बजार खस्दछ भने नयाँ सपोर्ट २३ बिन्दु आसपासमा रहेको आंकलन गर्न सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम फेरी केही घट्न थालेको देख्न सकिन्छ, जुन आफैमा सकारात्मक कुरा हो l त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी वियरिस क्रस ओभर देखिएको छ, जुन आफैँमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी. एक्स लाईन पनि निरन्तर बढेको हुँदा खरिद चाप हराउँदै गएको स्पष्ट अनुमान लगाउन सकिन्छ l
इलेट वेभ सिद्धान्त अनुसार बजारले १७१५ आसपासमा बलियो सपोर्ट लिन सक्ने अनुमान लगाउन सकिन्छ l सबै इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी केही सकारात्मक देखिदै गएकोले अब खस्ने बजारले नयाँ बटम बनाउन नसकेमा नयाँ खरिदको निमित्त पनि सोच्न सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments