नेप्सेमा करिब २७ अङ्कको पहिरो, १६४ कम्पनी लागे ओरालो !

आज सोमबार २७.१६ अङ्कले घटेर १.४३% गिरावटको साथ नेप्से परिसूचक १८७१.२२ अंकमा बन्द भएको छ। कारोबार भएका २३३ कम्पनीमध्ये १९  कम्पनी उकालो लागेको छन्, १६४ कम्पनी ओरालो लागेका छन् भने २  कम्पनी स्थिर रहेका छन्।

 

 

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा गरिमा डिबेन्चर २०८५ रहेको छ, जसको सेयर मूल्य ८.१३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रोमोटर्स सेयरको भएको छ ।

Comments

Back to top