नेप्से इन्ट्राडे अपडेट: लगभग १४ अङ्कको गिरावट!
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८० को नजिक आएको छ। १४.३१ अङ्कले घटेर नेप्से परिसूचक १८८४.०७ मा आएको हो । आज २ घण्टामा लगभग ५८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा अभियान लघुवित्त रहेको छ जसको ८.२०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बिन्ध्याबासिनी हाइड्रोपावर रहेको छ जसले ५.१८% गुमाएको छ ।
Comments