आइएमई लाइफको साधारण सभा असोज २६ गते, संस्थापकलाई हकप्रद र सर्वसाधारणलाई आइपीओ जारी गर्ने

आइएमई लाइफ इन्स्योरेन्सले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर बैङक्वेट्स, लैनचौरमा विहान ११ बजेबाट सुरु हुनेछ । पूँजी वृद्धि प्रस्ताव सहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । त्यस अनुसार सभाले संस्थापक शेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकले शत प्रतिशत पूँजी थपेपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । संस्थापकले शत प्रतिशत पूँजी थपे पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन लागेको छ ।

Comments

Back to top