राधी विद्युत कम्पनीको हकप्रद भर्ने मंगलबार अन्तिम दिन

राधी विद्युत कम्पनीको हकप्रदमा आवेदन दिने म्याद असोज २५ गतेसम्म रहेको छ । भोलि मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । राधीले असोज ५ गते देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १:१.४७५२ अनुपातमा १०० अंकित मूल्यका दरले ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरिसकेको छ । त्यसैले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटलअपि पावर कम्पनीट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरीपोखरानागढुंगानारायणगढसुर्खेतनेपालगंजधनगढीजनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथैमेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हकप्रद बिक्रीपछि राधीको चुक्ता पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

Comments

Back to top