नेप्सेमा करिब ४५ अङ्कको वृद्धि, १७५ कम्पनी लागे उकालो !

आज आईतबार ४४.६२ अङ्कले बढेर २.४१% वृद्धिको साथ नेप्से परिसूचक १८९८.३८ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये १७५  कम्पनी उकालो लागेको छन्, ८ कम्पनी ओरालो लागेका छन् भने २  कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका १३ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ, जसको ९.९५% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ रहेको छ, जसको सेयर मूल्य ४.४८% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्स प्रोमोटर्स सेयरको भएको छ ।

Comments

Back to top