नेप्से इन्ट्राडे अपडेट: लगभग ३२ अङ्कको वृद्धि!
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १८९० को नजिक आएको छ। ३२.१४ अङ्कले बढेर नेप्से परिसूचक १८८५.९० मा आएको हो । आज २ घण्टामा लगभग २९ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ रहेको छ जसले ५.७५% गुमाएको छ ।
Comments