सहयोग माग्नेले सताएपछि भारतका ज्याकपट विजेता भए गायब !

भारतको केरला सहरका ज्याकपट विजेता अटो चालक अनुप बी अहिले पैसा माग्न आउनेहरुको भीडले समस्याग्रस्त भएका छन्। अनुपले चिठ्ठामा भारु २५ करोड जितेका थिए। 

अटो चालक पेसाबाट असन्तुष्टि रहेको अनुप मलेसिया जाने तयारीमा थिए। वैदेशिक रोजगारीको तयारी रहेकै बेला अनुपले चिठ्ठामा करोडौँ रकम जितेका थिए। 

चिठ्ठामा ठूलो धनराशि जितेर प्रफुल्लित बनेका अनुप अहिले घरमै आर्थिक सहयोग माग्नेको भीड बढ्न थालेपछि आजित भएका छन्। 

ज्याकपट विजेता अनुपले हालै सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा आफ्नो घरमा आर्थिक सहयोग माग्दै आउने विभिन्न व्यक्ति तथा संस्थाको भीड बढ्न थालेकोले तनाव भएको उनले गुनासो गरेका छन्। यही कारणले घर बेचेर हिँड्ने लागेको उनले भिडियोमा बताएका छन् ।

Comments

Back to top