कच्चा तेलको भाउ पुन: माथि लाग्दै !

अमेरिकामा आँधी आएपछि पुन: कच्चा तेलको भाउ माथि उक्लिएको छ। 

मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति बन्द हुँदा तेलको मूल्य उकालो लागेको हो। गत सोमबार कच्चा तेलको भाउ नौ महिनाकै न्यून विन्दुमा झरेको थियो। तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको थियो। 

तेलको भाउ बढ्नुको अर्को कारण भनेको मंगलबार डलरको भाउ घट्नु पनि हो। 

यस्तै, अक्टोबर ५ मा अपेक प्लस राष्ट्रहरुको बैठक बस्दैछ। बैठकमा तेल उत्पादन कटौती गर्ने निर्णय पनि हुन सक्ने बताईएको छ। यस कारण पनि अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको मूल्य बढेको विश्लेषकहरु बताउँछन्। 

Comments

Back to top