नेपाल ल्युब आयलको सेयरमूल्य समायाेजन, अब कतिमा खुल्छ कारोबार?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ  कम्पनीको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २२७.३६ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८४.२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

Comments

Back to top