हङकङको ब्याजदर ऐतिहासिक रुपमा उच्च!

हङकङमा गत ६ महिनादेखि ब्याजदर पाँच पटक बढेको छ। हङकङको केन्द्रीय बैंकले गत बिहीबार ब्याजदरको आधार दर ७५ आधार अंकले बढाएको छ। यस वृद्धिपछि हङकङमा ब्याजको आधार दर ३.५ प्रतिशत पुगेको हो।

तत्काल लागू हुने गरेर बढाइएको आधार दर हङकङको लागि १४ वर्षयताकै उच्च हो। यसअघि, सन् २००८ को मार्चमा हङकङमा ब्याजको आधार दर ३.७५ प्रतिशत थियो। त्यो बेला सम्पूर्ण विश्व वित्तीय संकटको सामना गरिरहको थियो। 

हङकङको मौद्रिक नियमनकारी निकाय (एचकेएमए)ले सन् १९८३ यता मौद्रिक व्यवस्थापनको नीति ल्याउँदै आएको छ। 

Comments

Back to top