नेप्सेमा करिब साढे १६ अङ्कको वृद्धि, कारोबार रकममा पनि सामान्य वृद्धि !

आज बुधबार १६.२९ अङ्कले बढेर ०.८९% वृद्धिको साथ नेप्से परिसूचक १८५३.७६ अंकमा बन्द भएको छ। कारोबार भएका २२३ कम्पनीमध्ये १३४  कम्पनी उकालो लागेको छन्, ४७ कम्पनी ओरालो लागेका छन् भने ५  कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा साम्लिंग पावर कम्पनी रहेको छ, जसको सेयर मूल्य ७.९४% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार नेपाल इन्स्योरेन्स प्रोमोटर्स सेयरको भएको छ ।

Comments

Back to top