नेप्से इन्ट्राडे अपडेट: लगभग ९ अङ्कको वृद्धि!

आज नेप्से बजार केही अङ्कले बढेको छ।

सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १८५० को नजिक आएको छ। ८.७६ अङ्कले बढेर नेप्से परिसूचक १८४६.२२ मा आएको हो । आज २ घण्टामा लगभग २६ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा जनउत्थान सामुदायिक लघुवित्त  रहेको छ जसको ५.४२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा साम्लिंग पावर कम्पनी रहेको छ जसले ७.७६% गुमाएको छ ।

Comments

Back to top