नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (असोज १३ गते) अन्तिम दिन रहेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २८ गते वार्षिक साधारणसभा डाकेको छ । सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११:३० बजेबाट सुरु हुनेछ।
कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले कम्पनीको अधिकृत एवं जारी पुँजी ५ करोड रुपैयाँ थप वृद्धि गरी १० अर्ब करोड कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
असोज १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै उक्त लाभांश पाउन र सभा प्रतिनिधित्व गर्न पाउनेछन् ।
Comments