सिटिजन्स बैंकको साधारण सभा कार्तिक ४ गते, लाभांश प्रस्ताव पारित गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले सोह्रौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा कार्तिक ४ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि संचालन हुने छ ।

सभाले  गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Comments

Back to top