नेप्सेमा करिब साढे ६ अङ्कको वृद्धि, कारोबार रकम भने साढे ४८ करोड मात्र!
आज बुधबार ६.४१ अङ्कले बढेर ०.३५% वृद्धिको साथ नेप्से परिसूचक १८३७.४६ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये १०० कम्पनी उकालो लागेको छन्, ७४ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा मन्दाकिनी हाइड्रोपावर रहेको छ, जसको ९.२०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोबल आईएमई ब्यालेंस्ड फन्ड १ रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार नेशनल माइक्रोफाइनान्स लघुवित्तको भएको छ ।
Comments