बेलायतको अर्थतन्त्र पनि मन्दीतर्फ!

कुनै बेला विश्वमा राज गरेको बेलायतको अर्थतन्त्र पनि मन्दीतर्फ जाने संकेत देखिएको छ। 

केही समयदेखि बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गएको छ। पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको थियो। यसरी, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो ।

गत साता बेलायती प्रधानमन्त्री लिज ट्रसले ५० वर्षपछि कर प्रणाली परिवर्तन गरेकी थिइन्। यो गरेसँगै बेलायतको मुद्रा बजार झनै कमजोर बन्दै गएको हो। रुस र युक्रेनको युद्धले इन्धनको मूल्यमा आएको वृद्धिले लखतारान बेलायतको अर्थतन्त्र प्रधानमन्त्री ट्रसले ल्याएको नयाँ कर प्रणालीले झनै कमजोर बनेको विश्लेषकहरुले बताएका छन्।

स्रोत: एजेन्सी 

Comments

Back to top