हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर नागरिक लगानी कोषले प्रत्याभुति गर्ने

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच हकप्रद सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१:०.७५को अनुपात) ले हुने १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । सोही सेयर कोषले प्रत्याभुति गर्ने भएको हो ।

Comments

Back to top