नेप्सेमा करिब १६ अङ्कको वृद्धि, १५२ कम्पनी लागे उकालो !

आज मंगलबार १५.९२ अङ्कले बढेर ०.८८% वृद्धिको साथ नेप्से परिसूचक १८३१.०५ अंकमा बन्द भएको छ। कारोबार भएका २२९ कम्पनीमध्ये १५२  कम्पनी उकालो लागेको छन्, २७ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा सामुदायिक लघुवित्त रहेको छ, जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा गरिमा डिबेन्चर २०८५ रहेको छ, जसको सेयर मूल्य १०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर रिडी पावर कम्पनी र भोलुममा कारोबार सानिमा इक्युटी फन्ड भएको छ ।

Comments

Back to top