नेप्से इन्ट्राडे अपडेट: लगभग २५ अङ्कको वृद्धि!
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै बढेको नेप्से १ बजेसम्म १८४० को नजिक आएको छ। २५.०८ अङ्कले बढेर नेप्से परिसूचक १८४०.२१ मा आएको हो । आज २ घण्टामा लगभग ३० करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा पन्चकन्या माई हाइड्रोपावर रहेको छ जसको ७.१६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गरिमा डिबेन्चर २०८५ रहेको छ जसले १०% गुमाएको छ ।
Comments