सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज

जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा आज हुँदैछ । सानिमा जनरलको सभा कुन्डलिनी दरबार चण्डोल काठमांडौमा बिहान ११ बजेबाट सुरु हुने छ । यता, जनरल इन्स्योन्सको सभा अमृतभोग कालिकास्थान काठमांडौमा बिहान ११ बजेबाट सुरु हुँदैछ छ । सभाले सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरको प्रस्ताव पारित गर्ने छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरन्स लिमिटेड रहने छ । सभाले दुई कम्पनी बिच १ बराबर १ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । 

दुवै कम्पनीको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१:४९ बनाउने प्रस्ताव पारित गर्ने एजेन्डा समेत रेहको छ ।

Comments

Back to top