सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि कम्पनीले बुधबार बुकक्लोज गर्दैछ । यसअर्थ मंगलबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन्।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ ।
Comments