कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता
कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जाने भएका छन्। सोमबार आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो।
कुमारी र एनसीसी बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ। सीईओमा रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन्।
कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ।
Comments