'रिच ड्याड, पुअर ड्याड' लेखकले एलन मस्कबारे गरे यस्तो ट्विट!

'रिच ड्याड, पुअर ड्याड' पुस्तकका लेखक रोबर्ट कियोसाकीले सोमबार एक ट्वीट गर्दै टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कका कारण ट्विटर चलाउने मुसाहरु पनि कभरका लागि दौडिरहेको बताएका छन् ।

"एलन मस्कले आफ्नो अर्बौं डलरले ट्विटरको ९% भन्दा बढी हिस्सा किनेका छन्। एलनले घोषणा गरेका छन् कि ट्विटर अभिव्यक्ति स्वतन्त्रताको बारेमा हुनेछ! यो देशको सबैभन्दा आधारभूत र महत्वपूर्ण अधिकारको रक्षाका लागि एक पूँजीपति बचावमा आउँदैछन्," कियोसाकीले आफ्नो छुट्टै न्यूजलेटरमा भने।

"पुँजीवादले काम गर्छ," उनले भने, "मेटा इन्कको स्वामित्वमा रहेका सोसल मिडिया प्लेटफर्म फेसबुक र इन्स्टाग्राम तथा ट्विटर आदिले  अभिव्यक्ति स्वतन्त्रता राम्रो कुरा होइन भन्ने निर्णय गरेका छन्।"

उनले थप भने, "यदि तपाईंले आफूलाई मन नपरेको कुनै कुरा बोल्नुभयो भने त्यसलाई गलत सूचना फैलाउनु भन्छन् र तपाईंलाई सेन्सर गर्छन्। मलाई थाहा छ, मेरो पोष्टहरू सेन्सर भएका छन् र एक वा दुई पटक हटाइएका पनि छन्।"

Source: Agency

Comments

Back to top