एलिजाबेथ द्वितीयको मृत्यु भविष्यवाणी गरेको नोस्ट्राडेमसको पुस्तक बिक्री ह्वात्तै बढ्यो!

१६औं शताब्दीका फ्रान्सेली ज्योतिषी नोस्ट्राडेमसको पुस्तकले महारानी एलिजाबेथ द्वितीयको मृत्युको भविष्यवाणी गरेको थियो । सो कुरा सही साबित भएपछि उक्त पुस्तकको बिक्री ह्वात्तै बढेको छ।

सन् २००५ मा प्रकाशित "नोस्ट्राडेमस: द कम्प्लीट प्रोफेसिज फर द फ्युचर" नामक पुस्तक नोस्ट्राडेमसको "लेस प्रेगंबरीज" को व्याख्या हो। द सन्डे टाइम्सका अनुसार मारियो रिडिङद्वारा लिखित यो पुस्तक सेप्टेम्बर १७ देखि अहिलेसम्म ८,००० भन्दा बढी प्रति बिक्री भएको छ।

रिडिङको एउटा कविताको व्याख्यामा भनिएको छ, 'महारानी एलिजाबेथ द्वितीयको लगभग ९६ वर्षको उमेरमा २०२२ मा मृत्यु हुनेछ।'

वेल्सकी राजकुमारी डायनासँग सम्बन्धविच्छेद भएपछि बेलायती जनसंख्याको एउटा निश्चित हिस्साले उनीविरुद्ध आक्रोश पोखेकाले राजा चार्ल्स तृतीयले राजगद्दी त्याग्नेछन् भन्ने  भविष्यवाणी पनि नोस्ट्राडेमसले गरेका छन्।चार्ल्स तृतीयको राजगद्दी त्यागेपछि राजकुमार ह्यारीले राजगद्दी सम्हाल्ने छन् भन्ने रिडिङको व्याख्याले निष्कर्ष निकालेको छ ।

मेगन मर्केलसँग वैवाहिक बन्धनमा बाँधिएका राजकुमार ह्यारीले सन् २०२० मा आफ्नो शाही जिम्मेवारीबाट पछि हटेका थिए । सन् २०१७ मा लेखक रिडिङको मृत्यु भएको थियो ।

Comments

Back to top