एनआईबिएल प्रगती फण्डले लाभांश पठाउन थाल्यो
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगती फण्डले इकाइघनीहरुलाई लाभांश पठाउन सुरु गरेको छ । एनआईबिएल प्रगती फण्डले इकाईधनीहरूलाई करसहित ४.२० प्रतिशतका दरले लाभांश वितरण गरेको थियो । सोही लाभांश पठाउन सुरु गरेको हो । फन्डले लाभांश आईबारदेखि इकाइधनीको खातामा पठाउन थालेको छ ।
Comments