सिक्लेस हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुँदै
सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि बिक्री गरेको आईपीओ असोज ११ गते (मंगलबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे सेयर बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको छ । यो १६.२९ गुणा बढी हो । कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ ।
Comments