बोटलर्स नेपालको लाभांश घोषणा
बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लाभांस प्रस्ताव गरेका छन् । कम्पनीको असोज ६ गते बसेको सञ्चालन समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोटलर्स नेपाल बालाजुको सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बोटलर्स नेपाल तराईको सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
Comments