नेप्सेमा करिब २४ अङ्कको गिरावट, १७४ कम्पनी लागे ओरालो !

आज आइतबार २३.८३ अङ्कले घटेर १.३०% गिरावटको साथ नेप्से परिसूचक १८१५.१३ अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये १२  कम्पनी उकालो लागेको छन्, १७४ कम्पनी ओरालो लागेका छन् भने २ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका १३ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा अभियान लघुवित्त रहेको छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी रहेको छ, जसको सेयर मूल्य ७.९०% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर र भोलुममा कारोबार लक्ष्मी बैंकको भएको छ ।

Comments

Back to top