नेप्से इन्ट्राडे अपडेट: लगभग २१ अङ्कको गिरावट!
आज नेप्से बजार भारी अङ्कले घटेको छ।
सुरुवातदेखि नै घटेको नेप्से १ बजेसम्म १८२० को नजिक आएको छ। २०.६५ अङ्कले घटेर नेप्से परिसूचक १८१८.३१ मा आएको हो । आज २ घण्टामा लगभग ३२ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा अभियान लघुवित्त रहेको छ जसको ६.०८% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा कुमारी धनवृद्ध योजना रहेको छ जसले ८.२०% गुमाएको छ ।
Comments