अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको निर्णयानुसार उक्त सभा असोज ३१ गते कम्पनीको केन्द्रिय कार्यालय चन्डोल ४, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

Comments

Back to top