रुरु जलविद्युत परियोजनाको लाभांश घोषणा
रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले असोज २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । नेप्सेमा असोज २६ गते सम्म सेयर कारोबार भई कायम रहेको सेयरधनीले मात्र साधारणसभामा प्रतिनिधित्व गर्न तथा लाभांशमा दाबी गर्न पाउनेछ।कम्पनीले २०७९ कार्तिक ४ गते साधारणसभा बोलाएको छ। सभा बानेश्वर व्याङकेट, थापागाउँ, नयाँ बानेश्वरमा अपरान्ह १ बजे सुरु हुनेछ ।
Comments