अभियान लघुवित्तको आइपीओ सूचिकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तको कुल २५ लाख कित्ता साधारण सेयर सुचिकृत भएको हो । आजदेखि यसको सेयर कारोबार खुला हुनेछ ।
नेप्सेले अभियान लघुवित्तको पहिलो सेयर कारोबारका लागि १०५.३६ रुपैयाँ देखि ३१६.०८ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको छ । एभीवाइएएन’ संकेतबाट अभियानको कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।
Comments