हामी विश्वको 'असफल टेक्नोक्रेसी' को कारणले विश्वव्यापी मन्दी तिर लागेका छौँ : अर्थशास्त्री एडम टुज

विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएर र मौद्रिक नीतिमा कडाइ गरेर बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

गत बुधबार, अमेरिकी फेडरल रिजर्भले आफ्नो प्रमुख ऋण दर लगातार तेस्रो पटक ७५ आधार बिन्दुले बढायो । फेडले उच्च मूल्यहरूको बिरूद्ध लड्न यही तरिका अपनाईरहेको छ।

बैंक अफ इंग्ल्याण्डले बिहीबार फेडको पदचिन्ह पछ्याउँदै ब्याज दरमा ५० आधार बिन्दुले वृद्धि गरेको छ र युरोपेली युनियनले पनि मुद्रास्फीतिमा आक्रामक नीतिगत कार्यको विश्वव्यापी लहरलाई पछ्याउने सम्भावना रहेको देखिन्छ।

फेडको आक्रामक दर वृद्धिले अमेरिकामा मन्दीको डरलाई संकेत गरेको छ। कोलम्बिया युनिभर्सिटीका अर्थशास्त्रका प्राध्यापक एडम टुजका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले एकैसाथ गरेको समान व्याजदर वृद्धिले विश्वव्यापी आर्थिक मन्दी निम्त्याउन सक्छ।

"विश्वव्यापी मन्दीको अत्यन्त गम्भीर जोखिम छ," टुजले बिहीबार द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा भने।

द गार्जियनलाई दिएको अन्तर्वार्तामा टुजले अहिलेको दर वृद्धिको लहरले त्यो विपत्ति निम्त्याउन भूमिका खेल्न सक्ने चेतावनी दिँदै विश्वव्यापी मन्दीका कारण विश्वभरका करोडौं मानिसको जीवन बर्बाद हुन सक्ने बताएका छन् ।

स्रोत: एजेन्सी 

Comments

Back to top