सिक्लेस हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले आज शुक्रबार प्रि अलटमेन्टको काम सकाएर अर्को साता सेयर बाँडफाँट गर्ने तयारी गरेको हो । 

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।

Comments

Back to top