सिद्धार्थ क्यापिटलले नगद लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा

सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा असोज २८ गते बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

Comments

Back to top