खस्दो बजारमा अबको सपोर्ट कहाँ ?
ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l
आजको प्राविधिक विश्लेषण यस प्रकार छ:
क्यान्डलस्टिक प्याटर्न :
खस्दो बजारमा नेप्सेले वियरिस स्पिंनिंग टप क्यान्डल बनाएको छ जसले बजारमा अनिर्णित स्थितिको संकेत गर्दछ l त्यसकारण भोलीको बजार हेरे पश्चात मात्र थप निर्णय लिन सकिने छ l
सपोर्ट र रेसिस्टेन्स
घट्दो बजारको दोस्रो सपोर्ट १८०० बिन्दु आसपास रहेको देख्न सकिन्छ l तसर्थ , यो बिन्दुबाट बजार केही अंक बढ्न सक्ने हुँदा छोटो समयको लागि ट्रेड भने गर्न सकिने छ l
बोलिंजर ब्याण्ड :
बोलिंजर ब्याण्डबाट नेप्सेलाई हेर्दाखेरी लोवर ब्याण्ड नजिक बजार आइसकेको देख्न सकिन्छ l यदि आगामि दिनमा बजारले लोवर ब्याण्डलाई छोएर निरन्तर खस्दछ भने चाहिँ नयाँ इन्ट्रीको निमित जोखिमपूर्ण मानिन्छ l अपार ब्याण्ड पनि केही तल झुकेको हुँदा खरिदको निमित केही समय कुर्न सकिने कुरा प्रक्षेपण गर्न सकिन्छ l
आर.एस.आई निरन्तर खसेको छ l यसर्थ यो इन्डिकेटरले नयाँ बटम नबनाएमा बुलिस डाइभर्जेंस देखिन सक्ने हुँदा केही समय अरु धैर्य गर्न सकिने छ l तर, खरिदको निमित्त निणर्य दिन सक्ने स्थितिमा बजार नरहेको स्पष्ट अनुमान लगाउन सकिन्छ l
एम.ए .सी.डी
यो इन्डिकेटरबाट बजार विश्लेषण गर्दा हिस्टोग्राम निरन्तर बढ्न थालेको देख्न सकिन्छ, जुन आफैमा नकारात्मक कुरा हो l त्यसैगरी , सुरक्षित खरिदको निम्ति बुलिस क्रस ओभर हुन आवश्यक छ जुन कुरालाई बजारले अझै केही समय लागाउन सक्ने अनुमान गर्न सकिन्छ l
डी.एम .आई
डी. एम. आई इन्डिकेटरबाट बजारलाई हेर्दाखेरी आपसमा दुवै लाईन टाढिन थालेको देख्न सकिन्छ l जुन आफैमा नकारात्मक कुरा हो l त्यसैगरी, ए.डी.एक्स लाईन पनि केही साइडवेज गएकोले पुन : बिक्री चाँप आउन सक्ने आँकलन गर्न सकिन्छ l
निस्कर्ष :
नेप्सेलाई हरेक कोणबाट हेर्दाखेरी केही माथि जान सक्ने आँकलन गर्न सकिन्छ जुन कुरा इलेट वेभ बाट पनि अनुमान लगाउन सकिन्छ l तथापी, ठुलो अंकले भने बढ्ने सम्भावना कमै भएकोले बजारमा जोखिम बढेको देख्न सकिन्छ l यद्यपी, छोटो समयको लागि भने ट्रेड गर्ने अवसर आउन सक्ने अनुमान लगाउन सकिन्छ l
पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागी मात्र भएकाले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !
Comments